डि एन घिसिङ
खेलकुदको दुनियाँमा राज्याको शान अन्तर्राष्ट्रिय जगतमा खेलकुदको महाकुम्भ मेला एसियाली गेम्श र ओलम्पिकमा हुने गर्द्छ। यतिबेला नेपाली खेलकुद आसन्न १८एसियाली गेम्शको तयारीमा जुटेको छ।लगभग एक करोडको हाराहारीमा बजेट राष्ट्रिय खेलकुद परिषद् मार्फत बिन्योजित भैसकेको छ।
राखेपको अध्यक्ष युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा बसेको १०९ औं बोर्ड बैठकले आगामी अगस्टमा १८देखि सेप्टेम्बर २सम्म इन्डोनेसियामा हुने १८ औं एसियन खेलकुद (एसियाड)मा नेपालले प्रतिस्पर्धा गर्ने २७ खेलका खेलाडीले सहभागिता जनाउने प्रस्ताव गरिएको थियो। त्यसलाई ब्यबस्थित गर्न कै लागि खेलकुद मन्त्री विश्वकर्मा रहेको ५ सदस्यीय समिति गठन गरिएको छ।
समितिलाई एसियाडमा सहभागी हुने खेलको उच्च ब्याबस्थापनको सम्पुर्ण अधिकार प्रदान गरिएको छ।२७खेलका खेलाडी, प्रशिक्षक मात्रै २४०जनाको टिम तयार गरिएको छ।यो नेपाली खेलकुदको परम्परा नै हो, यी बाहेक अफिसियलका नाममा इन्डोनेसियामा सयर हुन तयार रहेका पर्दा पछाडिको खेल अत्यास लाग्दो छ।
पहुँचको कोटामा दौड सुरु भै राखेकै छ। स्वदेशमा क्लोच क्याम्पमा रहदा सामन्यतय प्रतिदिन १३सय दौनिकी खुराक लगाएत अन्य सुबिदा सहित छनौट भएका खेलाडीको लागि राज्यको तर्फबाट लगानी भएको छ। तीन महिना अगाडि देखी तयारीमा जुटेका खेलाडीबाट सामन्यतय पदक एब स्तरीय रयान्किङ्गको आशा गर्नु स्वाभाविक रहेको राखेपका कर्मचारीहरुको धारण छ।
केहिखेलका खेलाडीलाई स्तर वृद्धि गर्नकै लागी जापान ,चीन ,सिङ्गापुर,इन्डोनेसिया लगाएतका खेलाडी सग तालीमको समेत सौभाग्य मिलाएको छ। स्वादेशमै रहेकाहरुलाई भने विशेष प्रशिक्षणमा ध्यान दिदै आएको राखेप कर्मचारीहरु बताउछ्न। यति सुबिधा हुदाहुदै आखिर एसियाली खेलमा किन कम्जोर मनस्थिति रहन्छ खेलाडीको? एसियाली गेम्श भएकाले एसियाका ४५रास्ट्रको सहभागी हुने गर्द्छ।
ओलम्पिकमा समेत पहिचान भएका चीन ,जापान ,कोरिया लगाएत देशका खेलाडी सग प्रतिस्पर्धा गर्नु सानो सोच र सपनाले पुग्दैन। गतिलो सकल्प भएका खेलाडी भन्दा पनि कसरी आफू एसियन गेम्शमा परिन्छ भनेर प्रशिक्षक वा ब्याबस्थापकको दौराको फेर समात्ने खेलाडीको जमात धेरै भेटिन्छ नेपाली खेल आकाशमा। नेपाली खेल र खेलाडीको मनोबीज्ञानलाई नजिकबाट हेरिरहेका खेल मनोबैज्ञानिक इन्द्र गुरुङ भन्नुहुन्छ "मेन्टल पर्फमेन्स नै विजयको आधार हो।सामान्यतय खेलाडी जीवनलाई मात्रै हेरेर पुगदैन उसको जीवन शैली र परिवार लगाएतले धेरै प्रभाव गरिरहेको हुन्छ।"उहाँ अगाडि भन्नूहुन्छ "१२अाैँ साग गेम्शमा नेपाली फुटबल टिमले फाइनल खेलमा भारतीय टीमलाई पराजित गराउनु एक मनोबिज्ञानको ठूलो हात रहेको थियो।
मात्रै २४घन्टा अगाडि देखि मनोबैज्ञानिक आधारमा उनीहरुको मनोबल उच्च बनाउन हामी सफल भएका थियौ ।" आखिर किन खेलाडी र प्रशिक्षक अन्तर्राष्ट्रिय प्रतियोगितामा किन समान्य लिन्छ्न? मुलत एशियाली खेलमा सहभागी पर्नु नै उनीहरुको सौभाग्य ठान्छ्न,देशले लगानी गरेकोमा उनिहरुलाई हेक्का महसुस नै हुदैन,त्यसपछी उनिहरु लङपिग्निगमा जस्तै घुमफिर तिर मानसिक बिचलित हुने गर्छ।नितिगत कुरामा स्टीक नहुने हो भने लगानी बेकार हुने पक्का छ।
नितिगत कुरामा खेलको बिजय भब चाहने हो भने कि मित्र रास्ट्रचिनको योजना जस्तैमा अग्रसर हुनुपर्छ कि उत्तरकोरियाको पराजय पछिको खेलाडीहरुले पाउने सजाय उपयुक्त हुनसक्छ ।
करोडौ लगानी गरेको खेल र खेलाडीले दिने के हो? पदक भन्दा पनि अनुभव मात्रै बटुल्ने अधिकाम्स खेलको दाउ र नेपाली खेलाडीबाट प्राप्त गरेको इतिहासलाई निरन्तरता दिन पदकका लागि चिठ्ठा परोस भनेर कामना गर्न कै लागि भब्य नाटक मन्चन गर्न जरुरी छैन।