काठमाडाैं, ३ भदाै, — नेपाल मुनिज शिरोर्इ शिशी रियो कराते भक्तपुर जिल्लाको शाखा उद्घाटन शनिबार गरिएको छ । उक्त शाखाको उद्घाटनका साथै सोही कार्यक्रममा बंगलादेशमा सम्पन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल खेलाडीहरुलार्इ सम्मान पनि गरिएको छ ।
डा. ऋृषि लामाको प्रमुख अातिथ्यमा सम्पन्न कार्यक्रममा लामाले खेलकुदको बारेमा बोल्दै मुनिज करातेको बारेमा पनि प्रस्ट्याउनु भएको थियो । कार्यक्रममा निमन्त्रित अतिथि सोही वडाका वडा अध्यक्षले पनि प्रस्तावना बनाएर अाए अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
सोही कार्यक्रमलार्इ सम्बोधन गर्दै समाजसेवी तथा पूर्व जन प्रतिनिधि रामभक्त थापामगरले करातेलार्इ अावश्यक सहयोग गर्ने र भक्तपुरको उक्त डोजोबाट राष्ट्रिय खेलाडी जन्मीने अाशा व्यक्त गर्नुभयो । केन्द्रिय ब्ल्याक बेल्ट कमिटीका संयोजक विनोद श्रेष्ठले भक्तपुरको शाखा प्रमुख प्रकाश थापा मगरबाट सम्मान गर्नुभयो ।
उक्त कार्यक्रममा जम्मा ५० जना खेलाडीहरु सहभागी भएका थिए । जसमध्ये २२ जनाले बेल्ट टेस्ट दिएका थिए । सोही कार्यक्रममा केन्द्रिय अध्यक्ष तथा प्रमुख प्रशिक्षक डा. ऋृषि लामा र महासचिव विनोद श्रेष्ठबाट शाखा प्रमुख प्रकाश थापालार्इ पदेन्न केन्द्रिय सदस्य सहितको कदर पत्र प्रदान गरिएको थियो ।
उक्त कार्यक्रमको सञ्चालन सञ्चालिका जिल्ला संघको उपाध्यक्ष मञ्जु नेपाल भण्डारीले गर्नुभएको हो । त्यस्तै, कार्यक्रम समापन सभाद्धक्ष निश्चल ढुङ्गलेले गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथिः ऋृषि लामा रहेका थिए । त्यस्तै अतिथिहरुमा राम थापा मगर (वडा अध्यक्ष), रामभक्त थापा मगर (पूर्व जनप्रतिनिधि तथा समाजसेवी), का साथै समाजसेवी दक्ष श्रेष्ठ, दिपक विसुन्के नेपाल खेलकुद महासंध अध्यक्ष भक्तपुर, सानोठिमी प्रहरी वृत्त प्रमुख प्रकाश घिमिरे, एन्एस्एफ् स्पोर्ट्स ग्रुप तथा रंगशाला ग्रुपका पेसिडेण्ट– प्रधान सम्पादक एस् पी त्रीपाठीका साथै सहदेव राजवंशी, विनोद श्रेष्ठ तथा प्रकाश थापा मगरलार्इ सम्मान पत्र प्रदान गरिएको थियो ।