काठमाडाैं, ३१ साउन – बागचौर नगरपालिका प्रमुख लोकमान बुढाथोकीले "सल्यानका केही पत्रकार पैसामा बिकेको देखेको छु ,पर्दाफास गर्न तयार छु।" भनेको समाचार लेकाली अनलाइनबाट प्रकाशित भएको एकदिन पछि पत्रकार एवं रेडियो तहल्का, सल्यानका स्टेसन म्यानेजर डिल्लीराज रावतले आफूले पैसा मागेको स्वीकार गरेका छन् ।
"सेर हो त्यो मेयर, त्यो सँग लड्ने को अर्को सेर पत्रकार जागेछ" भन्दा गर्व लाग्यो"भन्ने शीर्षकमा एउटा लेख लेख्दै उनले भनेका छन्- "मैले एउटा भेटमा दिपसागरलाई अघिल्लो वर्ष ढिला भयो,अलि हामीलाई समस्या छ । यो वर्ष अलि छिट्टै भुक्तानी गरिदिनु होला" भन्दै घुमाउरो पाराले पैसा मागेको स्विकारेका छन्।
यसबारे दिपसागर भण्डारीले पनि आफ्नो आधिकारिक धारणा सार्वजनिक सामाजिक सञ्जालमा राख्दै रावतले पैसा मागेको स्पष्ट पारेका छन् ।
लेकाली अनलाइनले गत साउन २५ गते राप्ती राजमार्ग अन्तर्गत पर्ने ठिनबाङ खोलाको बाटोको अवस्था नाजुक रहेको र नजिकै फोहोरको थुप्रो लाग्दा पनि नगरपालिकाले कता हेरेको होला भन्ने आशयको समाचार प्रकाशित गरेको थियो।
जबकि साउन २२ गते नै नगरपालिकाले नगर प्रमुख स्वयम् खटिएर फोहोर उठाएको र राप्ती राजमार्गको काम केन्द्रीय सडक विभागको रहेको जानकारी नगरपालिकाले गराएको थियो । उक्त कुरा लेकाली अनलाइनले पनि स्विकारेको छ । तर, बदनियतपुर्ण तरिकाले २२ गते उठाएको फोहोरलाई २५ गते सम्म पनि फोहोर छ भनेर झुटो समाचार प्रकाशित गरे पछि नगर प्रमुखले आक्रोश पोखेको जनाइएको छ।
लेकाली अनलाइनले यस अघि पनि चुनावको मुखैमा कपोकल्पित समाचार लेख्यो "सल्यानमा बाम गठबन्धन टुट्यो" भन्दै, अर्को समाचार लेख्यो " बागचौरका मेयर कार्यकर्ताद्वारा लखेटिए" भन्दै अर्को समाचार लेख्यो, जबकि उतिबेला मेयर सँगै तत्कालीन सामान्य प्रशासन मन्त्री टेक बहादुर बस्नेत पनि एउटै गाडीमा थिए । साथै, अन्य नेताहरू पनि थिए ।
मेयर सँगको व्यक्तिगत रिसिबीकै कारण कसैले पत्याउनै नसक्ने समाचार लेख्यो । त्यसैगरी अभियान नेपालले अस्थायी व्यवस्थापनको लागि जलाउन मिल्ने गरी बनाएको फलामको टोकरी बारे पनि उल्टो समाचार बनाएको थियो "बागचौरमा फोहोर व्यवस्थापन नहुँदा आक्रोशित स्थानीयले टोकरी जलाए" भन्दै र यही साउन २५ गते पनि नगरपालिकालाई प्रहार गर्दै " फोहोरको फोटो राखेर समाचार लेख्यो जबकि साउन २२ गते बिहान नै त्यहाँ नगर प्रमुख सहितको टिम गएर सफा गरिसकेको थियो ।
लेकालीको एउटा अर्को समाचार थियो स्थानीय सरकारले व्यवस्थापन गर्न नसकेपछि इप्रका सिमखोली भाडाको घरमा बसेर भन्दै प्रसारण गर्यो जबकि प्रहरी चौकी निर्माण र ब्यस्थापन जिम्मा स्थानीय सरकारको होइन । पछि प्रहरीले त्यो विषय स्थानीय सरकारको होइन भनेर खण्डन सहित स्पष्ट पारेको थियो ।
ऎलो जर्नालिजमको पराकाष्ठा देखाउँदै आएका बिप्लप सम्बद्ध नेकपा निकट लेकाली अनलाइन र अनलाइन तहल्का पछिल्लो समय नाङ्गो रूपमा प्रस्तुत भएका छन् ।