काठमाडौं । नेपालको चर्चित रेसमध्येको एक मञ्जुश्री ट्रेल रेस (एमटिआर) को छैटौँ संस्करणमा नेपालका अर्जुन कुलुङ राई विजेता बनेका छन् । मञ्जुश्री ट्रेलको प्रमुख इभेन्ट एक सय माइल्स दौड अर्जुनले २६ घन्टा ३७ मिनेट ४९ सकेन्ड समय लगाएका थिए ।
नेपालकै मिलन कुलुङ राईले २७:०५:१८ सकेन्ड समय लगातार दोस्रो तथा विजय राना मगरले २८:२५:१७ सकेन्डसहित तेस्रो स्थान हासिल गरे । मिलन पछिल्लो संस्करणमा पनि उपविजेता बनेका थिए ।
एक सय माइल्स महिला दौडमा नेपालकी आङ फुर्बा शेर्पा ३३ घन्टा १३ मिनेट ०६ सकेन्ड समयसहित विजेता बने । न्युजिल्यान्डकी एनी माइ बान र अनिता राई दोस्रो र तेस्रो भएका थिए ।
एनीले ३३:५१.४१ र अनिताले ३८ः१८.२३ सकेन्ड समय लागाइन् । ८० किमी दौडमा सुर्य राज राई (१३:१९:५४ सकेन्ड) पहिलो, दावा तामाङ (१३ः२०.१५ सकेन्ड) दोस्रो र हरेन्द्रकुमार चौधरी (१५:२३.३३ सकेन्ड) तेस्रो भए ।
८० किमी महिलातर्फ भारतकी दाकाही क्युनडाइट १९ घन्टा २२ मिनेट १६ सकेन्डमा दौड सकाएर पहिलो भइन् । भारतकै नाङक्युसुकी स्लोङ (२१:५०.५१ सकेन्ड) दोस्रो र बेलायतकी अलेक्जयान्द्रा रिग्ली (२३:२२.१९ सकेन्ड) तेस्रो स्थानमा रहे ।
५० किमी पुरुषमा गोपाल तामाङ (०६:३०.१७ सकेन्ड) पहिलो, होमलाल श्रेष्ठ (०६ः३२.२१ सकेन्ड) दोस्रो र मानकुमार रोका मगर (०६:५७.२३ सकेन्ड) तेस्रो बनेका थिए ।

५० किमी महिलातर्फ सुनसरी रोकाया (०७:५३.४६ सकेन्ड) पहिलो, राज्यलक्ष्मी रावल (०८ः४९.१० सकेन्ड) दोस्रो र कल्पना बुढा (०८:५८.०९ सकेन्ड) तेस्रो स्थानमा रहे ।
२० किमीमा पुरुषतर्फ विशाल बहादुर तामाङ पहिलो, दिपक तामाङ दोस्रो र पासाङ तामाङ तथा महिलातर्फ मेरी इगेन पहिलो, टुवा मेरी स्कार दोसो र जोहानेसवर्ग रिमर तेस्रो भएका थिए ।
यसैगरी, दस किम पुरुषतर्फ सुहन तामाङ विशाल तामाङ र सौगत आरसी तथा महिलातर्फ कर्सल लामा, अना लेना र एबी साभिन शीर्ष तीन स्थानमा रहेका थिए ।
छैटौँ मञ्जुश्री ट्रेल रेसको एक सय माइल्स दौड पातलेवनमा वैशाख ४ गते सुरु भएरकाठमाडौँ उपत्यकाको परिक्रममा गरी वैशाख ६ गते पातलेवनमै पुगेर सम्पन्न भएको थियो ।
यसैगरी अन्य विधा, ८० किमी, ५० कि.मी., २० कि.मी. र १० कि.मि. क्रमशः नगरकोट, गोदावरी, फर्पिङ, र पातलेवनबाट शुरु गरिएको थियो भने समापन पातलेबनमा नै भएका थिए ।
सो दौडमा ३० राष्ट्रका ६०० भन्दा बढी धावकधाविकाले प्रतिस्पर्धा गरेका थिए ।अगामी सातौं संस्करण २०२७ मार्च ५-७ गतेलाई तय गरिएको छ ।