काठमाडौं । नेपाल हक्की संघले राष्ट्रिय टिमको घोषणा गरेको छ । यस्तै राष्ट्रिय टिमको जर्सी समेत सार्वजनिक गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहताले टिमको घोषणा र जर्सी सार्वजनिक गर्नुभएको हो ।
नेपाल हक्की संघका अध्यक्ष अनिल शर्माको अध्यक्षतमा भएको कार्यक्रममा महिला तथा पुरुष राष्ट्रिय हक्की टिम घोषणा गरिएको हो । गण्डकीकी अंकिता अधिकारीको नेतृत्वमा २६ सदस्यि महिला टिम र गण्डकीकै कुशल नेपालीको नेतृत्वमा २६ सदस्यि पुरुष राष्ट्रिय हक्की टिमको घोषणा गरिएको संघका महासचिव तथा राखेपका कार्यकारी समिति सदस्य सूवर्ण श्रेष्ठले जानकारी दिनु भएको छ ।
महिला टोलीको गोलकिपरमा संजुमगर,खुश्वु रान र मधुकुमारी छन् । यस्तै फरवार्डमा प्रनिता पुडासैनी,आशीका मण्डल, नमिता एस के, बन्दना भट्ट, अन्जली कर्माकर,बविता उराव र मुस्कान राना परेका छन् । यस्तै महिला टिको मिडफील्डमा सितामाया बल, अंकिता मुखिया, गिता पुन मगर, करुणा ठगुन्ना, नीरुता गिरी, सविता राजवंशी, लक्ष्मनिया कुमारी दास, पूर्णीमा नेगी र सपना स्याङवो रहेका छन् । यस्तै डिफेन्समा सोनु वराल, संजिता श्रेष्ठ,विमु नेपाली, संजु चौधरी, सर्मिला कुमारी र कृति पुलामी छनौट भएका छन् ।
पुरुष टोलीको गोलकिपरमा जोशन राई, विवेक जोशी र उज्ज्वल राजबंशी छन् । यस्तै अट्याक/फरवार्डमा असिम बाहिक, सुदिप चौधरी, बिशु घिमिरे, महेश नेपाली, भरत टमटा, रोनस के यादव र अनिश खड्का परेका छन् । यस्तै पुरुष टोलीको मिडफिल्डमा आयुष शाह, पुरुषोत्तम महतो, मोहन पुन, उमेश श्रेष्ठ, जयन्त बडु, मनिष भट्ट, रोमन राजबंशी, रहेका छन् । यस्तै डिफेन्समा सुजन बोगटी, सौरभ दंगाल, मानकेश्वर साह, विवेक गुरुङ, निशान्त भट्ट, रोहित राजबंशी, संगम घर्ती मगर र अमिन सापकोटा छनौट भएका छन् ।