काठमाडाैं, २५ साउन – निरन्तरको क्याम्पसमा क्याम्पस प्रशासन उदासिनता र शुल्कवृद्धीको चर्को विरोध गरिरहेको स्वतन्त्र विद्यार्थी युनियनले सम्पूर्ण विद्यार्थीका साथमा क्याम्पस प्रशासनमा ताला लगाएको छ ।
साउन २१ गते कोटेश्वर बहुमुखी क्याम्पसमा विद्यमान समस्या र क्याम्पस प्रशासनले गर्नुपर्ने काम लगायत विधार्थीका मागहरु चाँडो भन्दा चाँडो समाधान गरी गुणास्तरिया शिक्षा प्रदान गर्नका लागि दबाब स्वरूप क्याम्पस प्रमुख सामु ७ दिने अल्टीमेटम सहित ज्ञापन पत्र बुझाएको स्वतंत्र विधार्थी यूनियन नेतृत्वको विद्यार्थी टोलीले कोटेश्वरस्थित कोटेश्वर बहुमुखि क्याम्पसमा साउन २४ गते समस्त विद्यार्थी तथा स्ववियुको संयोजकत्वमा क्याम्पस प्रशासनमा तालबन्दी गरिएको हो ।
औचित्यहिन शुल्क वृद्धि, स्ववियुको विगत देखिको अार्थिक पारदर्शिता, नियमित कक्षा सञ्चालन, पुस्तकालयमा पर्याप्त पुस्तकको व्यवस्था तथा शाैचालयको व्यवस्था जस्ता उचित पठनपाठनका लागि अपरिहार्य मानिएका भाैतिक पूर्वाधारको व्यवस्थालगायतका ६ बुँदे मागको क्याम्स प्रशासनले बेवास्ता गरेपछि स्ववियुको नेतृत्वमा क्याम्पसका विद्यार्थीले ताला लगाउन बाध्य भएका हुन् ।
मागको बेवास्ता गरिएपछि सुरु भएको अान्दोलन कार्यक्रममा क्याम्पसका सम्पुर्ण विद्यार्थीले १५ मिनेटसम्म टाउकोमा कालोपट्टि बाँध्नुकासाथै पम्पेल्टसहित प्रशासनको विरोध प्रदर्शन गरेका थिए । उक्त विरोध प्रदर्शन पछि समस्त विद्यार्थी जमात क्याम्पस प्रमुखको कार्यकक्षमा पुगि बाहिर निस्किनकालागि चेतावनी दिँदा पनि क्याम्पस प्रमुख ननिस्किए पछि करिब ३ घण्टा सम्म कार्यकक्षमै थुनेको क्याम्पसका स्ववियु अध्यक्ष माधब अधिकारीले जानकारी दिएका छन् । सहायक क्याम्पस प्रमुखलगायत अन्य शिक्षकहरु भने बाहिर निस्किएका थिए । ३ घण्टा पछि क्याम्पस प्रमुखलाई खोलीएको र पुनः ताला लगाइएको छ । २७ गते आइतबार सम्म पनि मागहरु पूरा नभए पठपाठन थप्प पारीने स्ववियु अध्यक्ष अधिकारीले बताएका छन्।
अनाैपचारिक रुपमा विद्यार्थीका पठनपाठन तथा अावश्यक भाैतिक संरचनालगायतका कुरा उठाउँदै अाएता पनि क्याम्पस प्रशासनले बेवास्ता गरेपछि १० अगाडी स्ववियुले अाैपचारिक रुपमा अाफ्ना मागहरु प्रशासन समक्ष राखेको थियो । उक्त मागहरुको १० दिनसम्म कुनै प्रतिक्रिया नदिएपछि बाध्य भएर विरोध गर्नुपरेको स्ववियु सचिव विक्रम पोखरेलले बताए । क्याम्पसमा रहेका विद्यार्थीका विद्यमान समस्या र अावश्यककार्य गर्नुको विकल्प नरहेको बताउँदै अाफ्ना सम्पुर्ण माग सम्बोधन नभएसम्म अान्दोलन जारी रहने पनि सचिव पोखरेलले बताएका छन् ।
यदि कलेज प्रसासनले वार्ताका लागि पहल नगरे यो अान्दोलन अझ शसक्त बनाउँदै लैजाने चेतावनी पनि विद्यार्थीले गरेका छन् । विद्यार्थीले यसअघि बुझाएको ११ बुँदैहरुमा क्याम्पसका क्याम्पसमा पठनपाठनका लागि अत्यावश्यक कुराहरुः खानेपानिको व्यवस्था, शाैचालय, नियमित कक्षा सञ्चालन जस्ता अपरिहार्य कुरा उठाइएको र त्यस्ता मागहरुको पनि सम्बोधन नगर्नुले क्याम्पस प्रशासनको ज्यादती विद्यार्थीको स्वच्छ वातावरणमा, नियमित र अनुशासित ढंगले र अावश्यक सम्पूर्ण भाोतिक पुर्वाधारकासाथ शुलभ मुल्यमा शिक्षा हासिल गर्न पाउने अधिकारमाथि पनि हस्तक्षेपलार्इ छर्लङ्ग पारेको छ ।
सामान्य रुपमा शिक्षा हासिल गर्नकालागि विद्यार्थी स्वयमले अावाज उठाउँदा समेत माग सम्बोधन नगरिएपछि प्रशासनको ज्यादतिको विरोध र विद्यार्थीको हक र अधिकारको सुनिश्चित गर्नकालागि अान्दोलन गर्न अाफूहरु बाध्य भएको स्ववियु अध्यक्ष माधव अधिकारीले बताएका छन् ।