काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघको दोश्रो साधारणसभा सम्पन्न भएको छ । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघको अध्यक्ष्यमा प्रतिमा गुरुङ निर्वाचित भएकी छन् । प्रथम उपाध्यक्षमा तारा रेग्मी, द्वितिय उपाध्यक्ष, किरण सिग्देल, तृतिय उपाध्यक्षमा सुनिता कर्माचार्य निर्वाचित भएका छन् ।
संघको महासचिवमा हिरा देबि बुढाथोकी निर्वाचित भइएकी छन् । त्यस्तै, संघको सचिवमा धनु सिंजाली, सह सचिव, हेमा गुरुङ निर्वाचित भएका छन् । कोषाध्यक्ष चन्दा श्रेष्ठ र सह कोषाध्यक्ष सरस्वती गुरुङ निर्वाचित भएका छन् ।संघको सदस्यहरुमा बिध्या बज्रचार्य, कल्पना केसी., गँगा पुन, निलम केसी., रमा खड्का, राधा केसी, तिल रुपा दाहाल र गीता राउत निर्वाचित भएका छन् ।
महिलाहरु पनि व्यवसायीक हिसावले विभिन्न देशमा गइ रोजगारको सिर्जना गर्दै नेपाली श्रमिकहरुलाई रोजगार दिन सफल भएकोमा गौरवान्वित भएको निर्वाचित अध्यक्ष गुरुङले बताइन् ।
आगामीमा दिनमा पनि रोजगारीका लागि विभिन्न गन्तव्य मुलुकहरुमा गइ अझै रोजागरीको बाटोहरु सिर्जना गर्न र नेपाली कामहारहरुलाई खाडीमात्रै सिमित नभइ युरोपयिन मुलुकहरुमा समेत दक्ष कामदार पठाउने भुमिकामा महिला व्यवसायीको पहल कदमी रहने समेत बताइन्।