काठमाडाैं, असार २२ – माछापुच्छ्रे बैंक लिमिटेडले २ शाखा कार्यालयको औपचारिक सुरूवात गरेको एक प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ।
यस बैंकले मिति २०७५ आषाढ १८ र १० गते धनुषाको नागराइन नगरपालिका स्थित फुलगामामा शाखा कार्यालय र सप्तरीको अग्रिसाइर कृष्ण सावरण गाउँपालिका स्थित माहुली शाखा कार्यालयको औपचारिक रूपले सुरूवात गरेको छ।
उक्त शाखाहरूको उद्घाटन पूर्व सभासद तथा बैंकका पूर्व अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोले क्रमशः नागराइन नगरपालिकाका मेयर प्रमेश्वर यादव र अग्रिसाइर कृष्ण सावरण गाउँपालिकाका अध्यक्ष परशुराम चौधरी सङ्ग संयुक्त रूपले गरेका छन्।
नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरूलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ। यसका साथै, धनुषाको धारापानीमा २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताइएको छ।
उक्त एटिएमको उद्घाटन मध्य पूर्वीय पृतना, धारापानीका पृतनापती ईश्वर हमालले गरेका छन्। यस बैंकले २०७४ साल चैत्र मसान्तसम्म रू ६८ अर्व निक्षेप परिचालन गरी रू ६२ अर्व कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रू ८१ करोड खुद मुनाफा गरेको छ।
बैंकले पुर्वमा झापा देखि पश्चिममा कञ्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८३ वटा शाखाहरू, २ वटा एक्स्टेन्सन काउन्टरहरू लगायत २१ शाखा रहित बैकिङ्ग
सेवा समेत गरी जम्मा १ सय ६ स्थानवाट ग्राहकहरूमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ। साथै, बैंकको देशभर ८८ वटा एटीएमहरू संचालनमा रहेको छ।