काठमाडौं । नुवाकोट, नेपाल एकायन कराते संघ बेलकोटगढि, पाखुरे शाखाको आयोजनामा प्रथम बागमती प्रदेशस्तरीय एकायन कराते प्रतियोगिता संचालन हुने भएको छ । मंसिर २३ गते एक दिन हुने प्रतियोगिता नुवाकोट बेलकोटगढि, पाखुरेस्थित श्री पञ्चकन्या आधारभूत बिद्यालयको हाता भित्र संचालन हुनेछ ।
प्रतियोगिता विभिन्न १० तौल समुह मा खेलाइने छ । जसमा बागमती प्रदेशका १३ वटा जिल्लाका महिला र पुरुष गरि ९७ जना खेलाडीको सहभागी हुने भएको छ । प्रतियोगितालाई सफलतापुर्बक सम्पन्न गर्न बेलकोटगढी शाखा प्रमुख समसेर लामाको संयोजकत्वमा १२ सदस्यीय व्यवस्थापन समिति र ८ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।
जसमा रविस कुमार लामा कार्यक्रम संयोजक तथा आर्थिक व्यवस्थापन, किशोर पाख्रिन खेलाडी, सिर्जन अधिकारी निर्णायक, रुपेस थापा मगर र रुवास लामा खेलमञ्च तथा स्टेज, नारायण लामा स्वयंसेवक, सदिक्षा तामाङ र उर्मिला लामा अतिथि, बुद्ध शरण शाही र दिल बहादुर लामा प्रचार प्रसार र भिम बहादुर लामा, सम्झना लामा उदघाटन र समापन १२ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ ।
त्येसैगरी, नवराज पाण्डे (वडा अध्यक्ष, बेलकोटगढी नगरपालिका वडा नं १३), राम कृष्ण रैला (कृषि व्यवसायीकर्मी), सोम बहादुर लामा(व्यवसायकर्मी), धन बहादुर लामा (समाजसेवी एवं व्यवसायकर्मी), रमेश पाण्डे (समाजसेवी ), अकल बहादुर ढुंगाना (व्यवसायकर्मी), विरेश मान लामा(प्रिन्सिपल, श्री पञ्चकन्या आधारभूत बिद्यालय ), वीर बहादुर लामा(समाजसेवी) रहेको ८ सदस्यीय सम्मेलित सल्लाहकार समिति गठन गरिएको छ ।