काठमाडौं । एमजि गाडीका लागि नेपालको आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्सले नेपाली बजारमा एमजि कमेट इभी र एमजि ४ इभी सार्वजनिक गरेको छ । नेपाली बजारमा बढ्दो विद्युतीय सवारी साधनहरुको भीडमा यी दुई मोडल नयाँ नाम हुन् ।
गाडीको लन्चमा बोल्दै पारामाउन्ट मोटर्सका जेनेरल म्यानेजर सचिन अर्यालले भने, ‘नेपाली बजारमा यी दुई विद्युतीय सवारी भित्र्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं । स्टाइलिस, प्राक्टिकल र आफ्नो बजेटमा गाडी किन्न चाहने ग्राहक वर्गका लागि यी दुई मोडलहरु अत्यन्तै उपयुक्त हुन्छ ।’
एमजि कमेट इभी भारतमा बनेको आकर्षक मूल्यको विद्युतीय गाडी हो जसले सिङ्गल चार्जमा दुई सय ३० किलो मिटरको रेन्ज दिन्छ । यसमा १७.३ केडब्लुएचको ब्याट्री र ३१.२६ केडब्लुको मोटर रहेको छ । एमजि कमेट इभीमा यात्रुहरुको सुरक्षाको लागि आईपि६७ रेटेड ब्याट्री, डुवल फ्रन्ट एयर ब्याग, पछाडी पट्टी पार्किङ सेन्सर र सबै यात्रुको लागि सिट बेल्टहरु राखिएको छ ।
एमजि कमेट इभीको शुरुवाती मूल्य १७ लाख ९९ हजार रहेको छ भने एमजि कमेट इभि प्ले र पेस गरी दुई भेरिएन्टमा उपलब्ध छन् । त्यस्तै, एमजिले कमेट इभिको हाइ भोल्टेज कम्पोनेन्टमा एक लाख किलोमिटरसम्म तीन वर्षको वारेन्टि दिएको छ भने हाइ भोल्टेज ब्याट्रिमा एक लाख २० हजार किलोमिटरसम्म आठ वर्षको वारेन्टि दिएको छ ।
कम्र्फट र लग्जरी गरी दुई भेरियन्टमा उपलब्ध एमजी कम्फर्ट इभीको ब्याट्रि क्षमता ५१ केडब्लुएच र ९९ केडब्लुको मोटर रहेको छ । एमजि लक्जरी इभीको ब्याट्रि क्षमता ६४ केडब्लुएच र १ सय ५० केडब्लुको मोटर रहेको छ । एमजि ४ कम्फर्ट इभीको शुरुवाती मूल्य ४१ लाख ४९ हजार रुपैयाँ रहेको छ भने एमजि लग्जरी इभिको शुरुवाती मूल्य ५८.९९ रहेको छ ।
हाल नेपालभर एसि र डिसी गरेर १९ वटा एमजी चार्जिङ स्टेशनहरु उपलब्ध रहेका छन् । स्टेशनको संख्या बढाएर ५० पुर्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।