यस वर्ष सवैभन्दा बढी MBBS र BE प्रवेश परीक्षा उतीर्ण
डाक्टर र इन्जिनियर अध्ययनका लागि सबैभन्दा कठिन मानिएको प्रवेश परीक्षामा यस कलेजमा अध्ययन गरेका विद्यार्थीहरू एकैपटक यसैवर्षमात्र एमबीबीएसमा ४७ जना र इन्जिनियरिङतर्फ ७० जना उतिर्ण हुन सफल भएका छन् । एकै वर्ष यतिधेरै विद्यार्थी छात्रवृत्तिसहित उत्तीर्ण गराउन सफल यो कलेज संभवत: पहिलो हो ।
कानुन विषय अध्ययन गरेका आयुष न्यौपानेले बीए एलएलबी को प्रवेश परीक्षामा यसै बर्ष सर्वोत्कृष्ट अंक प्राप्त गरेका छन् भने म्यानेजमेन्ट अध्ययन गरेका ऋषिराम रोकायाले बीबीए को प्रवेश परीक्षामा इन्ट्रान्स टप गरेका छन् ।
विषयवस्तु सहज रुपमा बुझ्नसक्ने गरी पढाइने कक्षाहरु र नियमित रुपमा सञ्चालन गरिने डाक्टर, इन्जिनियर, सीए आदिका तयारी कक्षामा विद्यार्थीहरुको उल्लेख्य सहभागिताले यस कलेजका विद्यार्थीहरू एकैपल्ट ठूलो संख्यामा मेडिकल, इन्जिनिरिङलगायत अन्य विषय अध्ययनको प्रवेश परीक्षामा सर्वोत्कृष्ट हुन सफल भएका छन् ।
सर्वाधिक छात्रवृत्ति : योग्यताको कदर
जेभियर इन्टरनेशनल कलेजले कक्षा ११ मा सर्वाधिक छात्रवृत्ति दिने कलेजका रुपमा समेत आफूलाई स्थापित गरेको छ । नेपाल सरकारले तोकेको कोटाबाहेकका छात्रवृत्ति समेत कलेजले प्रदान गरिरहेको छ । जेहेन्दार, विपन्न, एसईईमा राम्रो जीपीए तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट ६१० जना विद्यार्थीहरुले जेभियर इन्टरनेशनल कलेजमा छात्रवृत्ति पाउँनेछन् ।
अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित
दक्षिण एसियाकै उत्कृष्ट अवार्ड मानिने ‘आउट स्टान्डिङ कलेज अफ द इयर’को उपाधि जेभियर इन्टरनेशनल कलेजले प्राप्त गरेको छ । ‘आउट स्टान्डिङ इ लर्निङ प्राक्टिस’ तथा ‘वेस्ट युज अफ सि यस आर डयुरिङ प्यान्डेमिक’ साथै ‘एक्सलेन्ट टिचर अवार्ड’ जस्ता अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पुरस्कारबाट सम्मानित यस कलेजले हरेक क्षेत्रमा उत्कृष्ट नतिजाको मानक समेत स्थापित गरेको छ ।
स्मार्ट क्लास, स्मार्ट प्रविधि र स्मार्ट शिक्षक
भौतिक रुपमा सुविधासम्पन्न र आधुनिक शिक्षाका सबै आयामलाई जेभियर इन्टरनेशन कलेजले अवलम्बन गरको छ । जहाँ ‘स्मार्ट शिक्षक’ले ’स्मार्ट प्रविधि’ अपनाउँदै स्मार्ट तरिकाले पढाउँछन् । व्यवहारिक र जीवनोपयोगी ज्ञानलाई प्राथमिकतामा राखेको यस कलेजले विद्यार्थीको सोच, चाहना, क्षमता र लक्ष्य अनुसारको शिक्षा प्रदान गर्दै आइरहेको कलेजले जनाएको छ ।
विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूमा जेभियर इन्टरनेशनलका विद्यार्थी
जेभियर इन्टरनेशनल कलेजका विद्यार्थीहरू विश्वकै प्रतिष्ठित विश्वविद्यालयहरूमा छात्रवृत्तिमा अध्ययनरत छन् । सोही कलेजबाट उतीर्ण भएका इसान्त तिवारीले हार्वर्ड यूनिभर्सिटीमा फुलब्राइट स्कलरसिप पाएका थिए ।
त्यस्तै अभिषेक विष्टले यूनिभर्सिटी अफ न्यूयोर्कमा छात्रवृत्ति पाए भने भने विशाल खड्काले कोल्वी कलेज अमेरिका र श्रृजा सिग्देलले अमेरिकाकै अर्कान्से स्टेट यूनिभर्सिटीमा स्कलरसिप पाइन् ।
एबोर्ड अध्ययनमा जानेमध्ये ५० प्रतिशत विद्यार्थी अमेरिकन विश्वविद्यालयहरूमा अध्ययन गर्दछन् भने बाँकीको रोजाईमा क्यानडा, जर्मनी, अष्ट्रेलियाका विश्वविद्यालयहरू पर्दछन् ।
२० वटा अमेरिकी विश्वविद्यालयबाट प्रत्यक्ष परामर्श
अमेरिकाका विभिन्न स्टेटमा रहेका प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरूले विद्यार्थीहरूलाई कलेज परिसरमा नै शैक्षिक मेला आयोजना गरी परामर्श दिने व्यवस्था गरेको छ ।
प्लस टु तथा ए लेभल अध्ययनपछि वा अध्ययनरत अवधिमा नै अमेरिकाका विश्वविद्यालयमा अध्ययन गर्नका लागि आवश्यक प्रक्रिया, शुल्क, छात्रवृत्ति, शैक्षिक योग्यता लगायतका सूचना, जानकारी र सल्लाह अमेरिकाबाट आएका विश्वविद्यालयका प्रतिनिधिबाट प्रत्यक्ष प्राप्त गर्न सकिन्छ ।
'ए लेभल'मा २ पटक वर्ल्ड टप
प्लस टु तर्फ जेभियर इन्टरनेशन कलेजले हरेक वर्ष ९५ प्रतिशतभन्दा माथिको रिजल्ट निकाल्दै उत्कृष्ट रिजल्टको रेकर्डलाई निरन्तरता दिएको छ । प्लस टु तर्फ विज्ञानमा बोर्ड फर्स्ट विद्यार्थी आयुष चौधरी हुन् भने म्यानेजमेन्टमा बाबुराम दाहाल पनि बोर्ड चौथो भएका छन् ।
बेलायतको क्याम्ब्रिज युनिभर्सिटीबाट सम्बन्धन प्राप्त ए लेभलमा जेभियर इन्टरनेशनल कलेजका सुमन भण्डारीले गणित विषयमा र ऋतिक यादवले कम्प्युटरमा वर्ल्ड टप गर्दै दुईपटक वर्ल्ड टप रिजल्ट ल्याउन सफल जेभियर इन्टरनेशनल कलेजले एक अन्तराष्ट्रियस्तरको कलेजको पहिचान कायम गरेको छ ।
अतिरिक्त क्रियाकलापमा अग्रणी : १९ क्लब सक्रिय
कोर्षको पढाइ मात्रै होइन अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै महत्व दिंदै एक शैक्षिक सत्रमा विद्यार्थीको चहाना र उनीहरुको झुकाव अनुसारको १०० भन्दा बढी अतिरिक्त क्रियाकलापहरू कलेजमा भएका १९ क्लबहरूले सम्पन्न गर्दछन् ।
विज्ञान र सुचना प्रविधि प्रदर्शनी
विज्ञान, सुचना प्रविधि र व्यवसायसम्बन्धित विद्यार्थीहरूका प्रोजेक्टरहरूको प्रदर्शनी कलेज परिसरमा आयोजना हुन्छ । दिगो विकासका लागि आविस्कार, सूचना प्रविधि र व्यवसायले एक अर्कामा कसरी सहयोगी हुन्छ भन्ने उद्देश्यबाट सञ्चालित प्रर्दशनीमा विद्यार्थीहरूले आफ्ना मौलिक विचार तथा कार्यक्रमहरू प्रदर्शन गर्दछन् ।
MBBS/B.E/ IELTS को तयारी कक्षा सुरूबाटै
विद्यार्थीहरूले कक्षा ११ को अध्ययन सुरू गर्दै आफूलाई उपयुक्त MBBS, B.E वा IELTS कोे अनलाइन तयारी कक्षा नि:शुल्क व्यवस्था गरेको छ । अनलाइन एप्स मार्फत् सञ्चालित कक्षा भएकोले विद्यार्थीहरूले आफ्नो उपयुक्त समयमा तयारी कक्षा लिन सक्नेछन् ।
कलेज भर्ना प्रक्रिया
काठमाडौंको कालोपुलमा अवस्थित कलेजमा भर्ना प्रक्रिया सुरु भएको हुँदा तल दिएको क्यूआरकोड स्क्यान गरि फारम भर्न सकिन्छ ।