अघिल्लो आर्थिक बर्षमा एक करोड ७१ लाख खुद नाफा कमाएको आरएसडिसीले दुई करोड ६ लाखले नाफा बढाउँदा गत आर्थिक बर्षमा खुद नाफा ३ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा १२ करोड ९९ लाखको चुक्ता पूँजीलाई २३ करोडले बढोत्तरी गरेर ३५ करोड ९९ लाख पुर्याएको छ । उच्च पूँजी वृद्धिको असर लघुवित्तको प्रतिसेयर आम्दानीमा देखा परेको छ । अघिल्लो बर्षको यसै अवधिमा १३ रुपैयाँ १६ पैसा बार्षिक प्रतिसेयर आम्दानी रहेको लघुवित्तको १० रुपैयाँ ४८ पैसामा झरेको हो ।
लघुवित्तले जगेडा कोषमा पनि आकर्षक बनाएकाे छ । यस अवधिमा ९५ लाख रुपैयाँ रहेको जगेडा कोष १३ करोड १३ लाख पगेको छ । जुन १२ करोड १७ लाख बढी हो ।
लघुवित्तले एक अर्ब १८ करोड ९६ लाख सापटी लिएर एक अर्ब ५० करोड ९२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । कम्पनीले १७ करोड ७९ लाख ब्याज आम्दानी गरेर १० करोड ७६ लाख ब्याज खर्च गर्दा खुद ब्याज आम्दानी ७ करोड २ लाख गरेको छ ।
लघुवित्तले खर्च प्रणाली चुस्त बनाउँदा अघिल्लो आवको यसै अवधिको तुलनामा गत आवमा शतप्रतिशत बढाएर पाँच करोड ८९ लाख सञ्चालन नाफा कमाउन सकेको छ । अघिल्लो आवमा लघुवित्तको सञ्चालन नाफा दुई करोड ६८ लाख रहेको थियो ।
लघुवित्तको खराब कर्जा ०.०३ प्रतिशत, निक्षेप लागत ११.५९ प्रतिशत, पूँजी कोष अनुपात ३५.२५ प्रतिशत, प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ४८ पैसा र मूल्य आम्दानी अनुपात ५२.९५ गुणा रहेको छ ।
यहि साउन २० गतेसम्म ६० प्रतिशत हकप्रद जारी गरिरहेकाे लघुवित्तकाे यस हकप्रपछि ५७ कराेड ६० लाख रूपैयाँ चुक्ता पूँजी पुग्नेछ । राष्ट्र बैंकले थाेक कर्जा प्रवाह गर्ने लघुवित्तलार्इ न्यूनतम ६० कराेड पूँजी कायम गर्न निदेर्शन दिएकाे छ । यसअनुसार चुक्ता पूँजी पुर्याउन लघुवित्तलार्इ थप २ कराेड ४० लाख पूँजी विस्तार अावश्यक देखिन्छ ।