काठमाडौं, मंसिर ६ । पछिल्लो २४ घण्टामा थप १६ सय ७४ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । आज स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो समय देशभरका प्रयोगशालामा आठ हजार एक सय ४४ नमूना परीक्षण गर्दा ६६१ महिला र १०१३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा ८९९ संक्रमित थपिएका छन्, उनीहरुमध्ये काठमाडौंका ६८५ जना, ललितपुरका १६५ र भक्तपुरका ४९ जना छन् । कास्कीका ७५ जना, चितवनका ६१, झापा र रुपन्देहीका ५७–५७ जना, काभ्रेका ५६, तनहुँका ४४, कैलालीका ४०, बाँकेका ३९, कपिलवस्तु र नवलपरासीका ३३–३३ जना, नवलपुरका २८, मकवानपुरका २५, पाल्पाका १९, धादिङका १८, बर्दियाका १७, धनुषाका ११, दाङका १०, गोरखाका ९ र नुवाकोटका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै धनकुटा, सिराहा, सिन्धुपाल्चोक, बाग्लुङ, स्याङ्जा र रोल्पाका ७–७ जना, पर्वत, डडेलधुरा र बझाङका ६–६ जना, सुनसरी, बारा र लमजुङका ५–५ जना, इलाम, सर्लाही, रामेछाप, अर्घाखाँची, गुल्मी, दैलेख र सल्यानका ४–४ जना,महोत्तरी, दोलखा, म्याग्दी, प्युठान, अछाम र कञ्चनपुरका ३–३ जना, उदयपुर, सप्तरी र सिन्धुलीका २–२ जना तथा खोटाङ, भोजपुर, सोलुखुम्बु, रुकुम पूर्व, रुकुम पश्चिम, सुर्खेत, बाजुरा र बैतडीका १–१ जनामा संक्रमण देखिएको छ ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या दुई लाख १८ हजार ६३९ पुगेको छ । उनीहरुमध्ये एक लाख ९३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् भने १३०५ जनाको मृत्यु भएको छ । हाल देशभर २४ हजार ९ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १७ हजार २०६ जना होम आइसोलेसनमा छन् भने ३३६ जनाको आईसीयू र ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । अहिलेसम्म यसको संक्रमणबाट १३ सय पाँच जनाले ज्यान गुमाएका छन् । त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा सात जनाले ज्यान गुमाएका छन् भने २३ सय २३ जना निको भई घर फर्किएका छन् ।