काठमाडौं, मंसिर ५ । नेपालमा थप १९ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १० हजार तीन सय ४० जनाको पीसीआर परीक्षण गर्दा ७४० जना महिला र १२ सय पाँच जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका संक्रमितमा काठमाडौं उपत्यकामा ११ सय सात जना रहेका छन्, जसमध्ये काठमाडौंका ८६२, ललितपुरका १७४ र भक्तपुरका ७१ जना छन् । त्यस्तै, कास्कीका ८८ जना, चितवनका ८७, रुपन्देहीका ६०, सुनसरीका ५५, काभ्रेका ५४, दाङका ५१, संखुवासभाका ३४, झापाका ३३, धनुषा र कैलालीका २४–२४ जना, मोरङका २०, नवलपरासी र दार्चुलाका १९–१९ जना, सिराहा र दोलखाका १७–१७ जना, पाल्पाका १५, धादिङ र नवलपुरका १४–१४ जना, नुवाकोट, सिन्धुपाल्चोक, गोरखा र लमजुङका ११–११ जना तथा बर्दियाका ९ जनामा कोरोना संक्रमण देखिएको छ । मकवानपुर र बाँकेका ८–८ जना, उदपयुर, बारा, तनहुँ, स्याङ्जा, कपिलवस्तु र कञ्चनपुरका ७–७ जना, ओखलढुंगा, रामेछाप, प्युठान र सल्यानका ६–६ जना, बाग्लुङ र डडेलधुराका ५–५ जना, तेह्रथुम, महोत्तरी र गुल्मीका ४–४ जना, सोलखुम्बु, सर्लाही र बैतडीका ३–३ जना, इलाम, धनकुटा, सप्तरी, सिन्धुली, अर्घाखाँची, दैलेख, सुर्खेत र बझाङका २–२ जना तथा पाँचथर, भोजपुर, पर्सा, रौतहट, पर्वत, म्याग्दी, कालीकोट, रुकुम पश्चिम, अछाम, डोटी र बाजुराका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, संक्रमणबाट पछिल्लो २४ घण्टामा पाँच हजार तीन सय ६४ जना निको भई घर फर्किएका छन् भने २२ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म नेपालमा दुई लाख १६ हजार नौ सय ६५ जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये २४ हजार ६ सय ६५ सक्रिय संक्रमित छन् । एक लाख ९१ हजार दुई जनालाई कोरोना संक्रमण निको भइसकेको छ । त्यस्तै अहिलेसम्म यसको संक्रमणबाट १२ सय ९८ जनाले ज्यान गुमाएका छन् ।