काठमाडौं, असोज ८ । नेपालमा पछिल्लो २४ घण्टामा १४ सय ९७ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार चार सय ४९ जनाको पीसीआर परीक्षण गर्दा पाँच सय १३ महिला र नौ सय ८४ पुरुषमा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ६०९, चितवनमा १३७, ललितपुरमा ९५, रुपन्देहीमा ८६, मोरङमा ७३, बाँकेमा ५३, भक्तपुरमा ५१, कैलालीमा ४५, बर्दियामा २४, पर्सा, सिराहामा २३, मकवानपुरमा २१, तनहुँमा १७, सप्तरीमा १६, नवलपरासी पूर्व र नवलपरासीमा १४–१४, सुनसरीमा १३, ओखलढुंगा, काभ्रेपलाञ्चोक, बाग्लुङमा १२–१२, धनुषा र बैतडीमा १०–१०, गोरखा र दाङमा ९–९, नुवाकोट, कास्की र स्याङ्जामा ८–८, बारा, पर्वत र प्युठानमा ६–६, सिन्धुलीमा ५, झापा, महोत्तरी, रौतहट, धादिङ, गुल्मी, पाल्पा, सल्यान, कञ्चनपुर र डोटीमा ४–४, संखुवासभा, दोलखा, अर्घाखाँची र सुर्खेतमा ३–३ जना, उदयपुर, लमजुङ, कपिलवस्तु, दैलेखमा २–२, भोजपुर, सर्लाही, रामेछाप, अछाम, डडेल्धुरा र दार्चुलामा १–१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो सयम पाँच महिला र १२ जना पुरुष गरी १७ जनाको कोरोनाबाट मृत्यु भएका छ । मृत्यु हुनेमा मोरङकी ५५ वर्षीया, सुनसरीकी ८१ वर्षीया, धादिङकी ३२ वर्षीया महिलाको मृत्यु भएको छ । भक्तपुरमा ७३ वर्षीया महिला र ८४ वर्षीय पुरुष, काठमाडौंमा ८२ वर्षीया महिला र ७५, ७९ र ८० वर्षीय पुरुषको मृत्यु भएको छ । झापामा ७८ वर्षीय, धनुषामा ६८ र ७० वर्षीय, रौतहटमा ६५ वर्षीय, तनहुँमा ३९ वर्षीय, दाङमा ३९ वर्षीय, कपिलवस्तुमा ५० वर्षीय र नवलपरासीमा ५५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार सय ५३ पुगेको छ ।
देशभर गरी कोरोना संक्रमितको कूल संख्या ६९ हजार तीनसय एक पुगेको छ । पछिल्लो २४ घण्टामा चार सय ५७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । आजसम्म कूल ५० हजार चार सय ११ जना कोरोनामुक्त भएका छन् ।