काठमाडौं, असार ३ । चीन र भारतको सीमा क्षेत्र लद्दाखको विकट गलवान उपत्यकामा दुई देशका सैनिकबीच झडप हुँदा पछिल्लो समय भारतीय २० सैनिकको मृत्यु भएको खबर बाहिरिएको छ । चीनसँग सोमबार राति लद्दाखस्थित गलवान भ्यालीमा भएको झडपमा मारिने भारतीय सेनाको नामसमेत सार्वजनिक भएको छ ।
झडपमा मारिनेमा एक कर्णेलसहित चार नायक सुबेदार, तीन हवल्दार, एक नायक र ११ सिपाहीसहित २० जना रहेका छन् । उता चीनतर्फ भने कति जना मारिएको बारे खुलाइएको छैन । मृतकहरुः एम–कर्णेल बी सन्तोष बाबु(हैदराबाद), एस– ायक सुबेदार नुदुरम सोरेन(मयूरभन्ज), एम–नायक सुबेदार मन्दीप सिंह(पटियाला), एक्स–नायक सुबेदार सतनाम सिंह(गुरदासपुर), वाई–हवल्दार के.पालानी(मदुरई), एन–हवल्दार सुनील कुमार(पटना), एन–हवल्दार विपुल राय(मेरठ सिटी), के–नायक दीपक कुमार(रीवा), सिपाही राजेश ओरांग(बीरभूम), वाय–सिपाही कुन्दनकुमार ओझा(साहेबगन्ज), सिपाही गणेश राम(कांकेर), सिपाही चन्द्राकान्ता प्रधान(कंधमाल),सिपाही अंकुश(हमीरपुर), सिपाही गुरबिंदर(संगरुर), सिपाही गुरतेज सिंह(मनसा), सिपाही चन्दन कुमार(भोजपुर), सिपाही कुन्दन कुमार(सहरसा), सिपाही अमन कुमार(समस्तीपुर), सिपाही जयकिशोर सिंह(वैशाली), सिपाही गणेश हंसदा(पूर्वी सिंहभूम) । एजेन्सी