काठमाडौं, असोज २५ । नेपाली समयअनुसार ४ः१० बजे चिनियाँ राष्ट्रपति सी चिनफिङ दुईदिने राजकीय भ्रमणका लागि नेपाल आइपुगेका छन् । भारतको चेन्नाइमा रहेका राष्ट्रपति सी दिउँसो १ बजेर ४८ मिनेटमा नेपालका लागि उडेका थिए ।
सीएयर चाइना विशेष जहाजमार्फत नेपाल आएका हुन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी आज नेपाल आएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति सीलाई समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । त्यसैगरी, सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु विमानस्थल पुगेका थिए । चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।
यस्तो छ राष्ट्रपति सीको कार्यतालिका
शनिबार
५ः०० बजे
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वागत
विमानस्थलमै सैनिक सलामी अर्पण
सोल्टी होटल प्रस्थान
६ बजे
राष्ट्रपति भवन शीतलनिवास प्रस्थान ।
६ः३० बजे
राष्ट्रपतिद्वयबीच भेट र भेटपछि सोल्टी होटल फिर्ता ।
७ः१५ बजे
प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट
७ः३० बजे
राजकीय भोजमा सहभागी, सुरसुधा ब्याण्डद्वारा साङ्गीतिक प्रस्तुति ।
आइतबार
१०ः३० बजे
नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता
११ः३० बजे
प्रधानमन्त्री केपी ओलीसँग भेट र द्विपक्षीय सम्झौता ।
१ः०० बजे
स्वदेश फिर्ता