काठमाडाैं, ३१ असार – नेपालमा पर्यटन विकासका लागि डल्लु अावास स्थानीय सहयाेग समितिले विश्व युवा दक्षता दिवसकाे सन्दर्भमा सम्पदा दाैडकाे कार्यक्रम गरेकाे छ ।
विश्व सम्पदा क्षेत्र परेकाेे स्वयम्भुकाे भुईखेलबाट शुरू भएकाे उक्त कार्यक्रम भिमसेनस्थान, काष्ठमण्डप, हनुमानढाेका, ईन्द्रचाेक, मच्छिन्द्र बहाल, असन, डल्लु, धिमेल्वह र स्वयम्भु परिक्रमा गरेर स्वयम्भु स्तुपामा दाैड कार्यक्रम समापन भएकाे हो ।
विश्व युवा दक्षता दिवसकाे सन्दर्भमा पारेर गरेकाे उक्त कार्यक्रममा प्रमुख अतिथि पुर्व प्रधानमन्त्री झलनाथ खनालले समाज र राष्ट्रकाे हरेक विकासका लागि युवाहरू जुझारूका साथ अाफ्नाे दक्षता प्रयाेग अावश्यक रहेकाे बताउनु भयाे ।
यस्तै, सन्दर्भ पारेर हरेक युवा अाअाफ्नाे कार्यमा दक्ष भई अगाडी बढ्नु पर्छ भनी शुभकामना दिनु भएकाे थियाे । उक्त कार्यक्रममा विभिन्न जिल्लाहरू, डाेजाेहरू र संस्थाहरूबाट प्रथम, द्वितिय र तृतिय हुनु भएका खेलाडीहरूलाई प्रमुख अतिथि पुर्व प्रधानमन्त्री झलनाथ खनालबाट मेडल र ट्रफी तथा नेपाल अाेलम्पिक कमिटी अध्यक्ष तथा माननीय सांसद जिवनराम श्रेष्ठबाट प्रमाणपत्र प्रदान गर्नु भएकाे थियाे ।
का.म.पा. १५ वडाका वडा अध्यक्ष ईश्वरमान डंगाेल र नेपाल अाेलम्पिक कमिटी अध्यक्ष तथा माननीय सांसद जिवनराम श्रेष्ठले कार्यक्रमकाे महत्वबारे दर्शाउनु भएकाे थियाे ।
नेपालका प्राचिन पौराणिक सम्पदाहरुलाई पहिचान सहित विश्वसामु चिनाउने उद्देश्यका साथ समाज वा राष्ट्रको विकासमा टिम वर्क नभई केहि गर्न सकिदैन भन्ने अभिप्रायले सामुहिक रुपमा ५ जनाको एक समुह बनाएर सम्पदा दौड प्रतियोगिता आयोजना गरेकाे डल्लु आवास स्थानीय सहयोग समितिका अध्यक्ष राजा शाक्यले जानकारी गर्नु भएकाे थियाे ।
उक्त सम्पदा दाैड हरेक वर्ष गरी प्रत्येक वर्षकाे कार्यक्रममा विदेशी खेलाडीहरूलाई सहभागी गराउँदै जाने कुरा बताउनु भयाे । कार्यक्रमकाे सभापतित्व डल्लु आवास स्थानीय सहयोग समितिका अध्यक्ष राजा शाक्यले गर्नु भएकाे थियाे ।