काठमाडौं, २८ असार – सरकारले बिहिबार दोस्रो पटक राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा पेस गर्ने तयारी गरेको छ। शिक्षा विज्ञान तथा प्रवृद्धि मन्त्री गिरीराजमणी पोखरेलले आजको बैठकमा पेस गर्ने कार्यसुचि छ। उक्त विधेयक शिक्षा मन्त्रालयलले गत शुक्रबार संसदमा दर्ता गराएको थियो।
अध्यादेश निष्क्रिय हुनु पाँच दिन अघि गत असार १५ गते सरकारले प्रस्थापन विधेयक संसदमा दर्ता गरे पनि असार १७ गते बैठकमा कंग्रेसले विरोध जनाएपछि अघि बढ्न सकेको थिएन। डा गोविन्द केसी अध्यादेशमा भएका व्यवस्था हुबहु विधेयकमा राख्नु पर्ने माग सहित जुम्लामा अनसनरत छन्।
काठमाडौं उपत्यका भित्र पनि मेडिकल कलेज खोल्न पाउने, अस्पताल खोल्ने वित्तिकै मेडिकल कलेज सञ्चालन अनुमति पाउने व्यवस्था विधेयकमा छ।
संसदमा विधेयक पेस गरेपछि यस माथि सैद्धान्तिक वहस हुनेछ भने सांसदहरुले संशोधन दर्ता समेत गारउने सक्नेछनन्। यस्तै बैठकमा अर्थमन्त्री युवराज खतिवडाले लेखापरिक्षण विधेयक २०७५ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचि पनि छ।
यसैबीच चिकित्सा शिक्षा र सेवा सुधारको माग राख १३ दिन देखि अनसनरत डा गोविन्द केसिलाई सरकारले आज काठमाडौं ल्याउने तयारी भएको छ। दैलेखमा रहेको हेलिकप्टरबाट डा केसीलाई काठमाडौं ल्याउने भनिए पनि वर्षाका कारण कठिनाई भएको बताइएको छ।
डा केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएपछि सरकारले हेलिकप्ट हिजो त्यस तर्फ पठाएको थियो। यद्यपी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अनसन बसिरहेका डा केसीले आफ्नो माग पुरा नभएसम्म जुम्ला नछाड्ने अडान लिएका छन्।
डा केसीको मुटको चालमा तल माथि भइरहेकाले जति बेला पनि स्वास्थ्यमा खतरा हुन सक्ने उपचारमा संलग्न चिकित्सक प्रणीव गिरीले जानकारी दिए।
यस्तै मांशपेसी सुनिने, रिंगटा लाग्ने, छातीको बीच भागमा दुखाई बढ्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, रगतमा सेतो रक्त कोषिका क्रमिक रुपमा घटदै जाने, पिसाब नहुने सम्स्या देखिएको छ।