काठमाडौं । च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा दुई एङ्ल्सिह क्लब लिभरपुल र स्पेनिस क्लब बार्सिलोनाबीच र तोत्तेन्हमस्पुर्स र आजक्स बिच खेल हुँदै छ । पहिलो लेगमा ३–० ले अघि रहेको बार्सिलोनालाई लिभरपुलको मैदानमा अग्रता जोगाउने चुनौती हुनेछ भने टोत्तेन्हम लाए आजक्स को मैदन मा जित्ना ।
मोहम्मद सलाह र रोबर्टो फर्मिनो घाइते रहेकाले लिभरपुल समस्यामा देखिएको छ । लिभरपुलका युवा स्ट्राइकर रियान ब्रेस्टर खेलका लागि तयार रहेको प्रशिक्षक जर्गेन क्लोपले बताएका छन् । ‘उनी तयार छन् । यो ठूलो मौकामा उनले राम्रो गर्ने छन् भन्ने विश्वास लिएको छु’ १८ वर्षका ब्रेस्टरबारे क्लोपले भने ।
३–० ले पछि रहेको अवस्थामा पनि खेलमा फर्किएर आफूहरु च्याम्पियन्स लिग फाइनलमा पुग्ने विश्वास क्लोपमा देखिए पनि सहज भने छैन । बार्सिलोना प्रशिक्षक एर्नेस्टो भालभर्दे पनि आफूहरुले अग्रता बनाएका छौँ भन्ने नसोची जित्नकै लागि खेल्ने बताउँछन् ।
भने सन हिङ मिनको तीन गोलको मद्धतमा म्यानचेस्टर सिटीलाई क्वाटरफाइनलमा हराएर टोटनहृयाम च्याम्पियन्स लिग सेमिफाइनलमा ५७ वर्षमा पहिलोपटक पुग्यो ।यसअघि १९६२ मा युरोपियन कपकै समयमा सेमिफाइनलमा बेनफिकासँग ४-३ ले हारेको टोटनहृयामका लागि आधुनिक फुटबलमा सपना साकार पार्ने समय यसपटक आएको छ । र त्यसको केन्द्रमा छन् उनै सन हिङ मिन ।
शनिबार ला लिगामा सेल्टाभिगोसँग हारेको खेलमा महत्वपूर्ण ११ खेलाडीलाई आराम दिएका भालभर्देले लिभरपुलकै मैदानमा आफूहरुलाई कठिन हुने बुझेका छन् । किनभने च्याम्पियन्स लिगको पछिल्लो १३ खेलमा घरेलु मैदानमा लिभरपुल हारेको छैन ।
पहिलो लेगमा प्रतिबन्धका कारण खेल्न नपाएका मिनले दोस्रो लेगमा उच्च लय देखाउने विश्वासमा प्रशिक्षक मोउरिसियो पोचेटिनो छन् । पहिलो लेगमा सनबिना खेलेको टोटनहृयामले जम्मा एक सट मात्रै पोस्टमा प्रहार गर्न सकेको थियो । जारी च्याम्पियन्स लिगको नकआउटमा टोटनहृयामबाट टिमको आधा गोल सन एक्लैले गरेका छन् ।
अन्तिम १६ को खेलमा लिभरपुलले बायर्न म्युनिखलाई र क्वाटरफाइनलमा पोर्टोलाई हराउँदा पनि देखिएको टिम गेम बार्सिलोनासँगको खेलमा पनि निरन्तर गर्नेमा प्रशिक्षक क्लोप विश्वस्त छन् । पहिलो लेगमा लिभरपुल पराजित हुँदा पनि सम्हालिएको खेल नै देखाएको थियो ।
अन्तिम १६ मा लियोनलाई हराएको बार्सिलोनाले क्वार्टरफाइनलमा म्यानचेस्टर युनाइटेडलाई हराएको थियो । पहिलो लेगमा लियोनल मेस्सीको दुई र लुइस स्वारेजको एक गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो ।
मेस्सीमा बढी निर्भर हुने आरोप खेपिरहेको बार्सिलोना यो सिजन नै उत्कृष्ट लयमा छ । हुन पनि मेस्सीले इंग्लिस विपक्षी टिमविरुद्धको ३३ च्याम्पियन्स लिग खेलमा २६ गोल गरिसकेका छन् ।
के भन्छन् प्रशिक्षक ?
जर्गेन क्लोप (लिभरपुल) – दोस्रो लेग सुरु हुनुअघि नै ३–० ले पछाडि पर्नु हामीले सोचेजस्तो अवस्था होइन । बार्सिलोनाविरुद्धको खेलमा विश्वका उत्कृष्ट दुई स्ट्राइकर हामीसँग हुने छैनन् र पनि ४ गोल गर्नुपर्ने छ । सजिलो त पक्कै छैन तर मैदानमा हामीसँग ११ खेलाडी नै हुने छन् । उनीहरुलाई हराउन हामी सबै रुपमा उत्कृष्ट हुनुपर्छ ।
एर्नेस्टो भालभर्दे (बार्सिलोना) – यदि हामीले गएको हप्ताको नतिजामा धेरै ध्यान दियौँ भने त्यो गल्ती हुनेछ । हामीले यो फाइनल खेल हो भन्ने ठानेर खेल्नुपर्छ । हामीले सहज हुने छैन किनभने उनीहरुसँग उनीहरुका समर्थक पनि हुने छन् । हामीले खेलमा नियन्त्रण बनाउन सक्छौं भन्ने विश्वास छ । उनीहरुले आक्रामक खेल्ने छन्, त्यसमा कुनै शंका छैन । त्यसैले हामीले आफैमा संयमता अपनाउनुपर्छ ।