युनिसा रार्इ
मायालाई अर्थ्याउने तिमी मायाको महल सल्काएर गयौ, धोकाको काँडेतारमा अल्झाएर गयौ
साँचो माया कति अमर मेटियन कहिले, अतितका ती कालो दिन बल्झाएर गयौं
धोकाको काँडेतारमा अल्झाएर गयौं
लाग्दैन थियो मलाई त पबित्र मायामा यस्तो खोट
जुनिभरको भरपूर विश्वास कुल्चाएर गयौ
धोकाको काँडेतारमा अल्झाएर गयौ।।।
बाचा कसमको महत्त्व निर्दोषीलाई के थाहा, खाएका ति मायाका कसमहरु ओल्चाएर गयौ
धोकाको काँडेतारमा अल्झाएर गयौ
तिम्रो हरेक शब्दहरुले मेरो मन दुखाइ दिन्छ
तिम्रा ती यादहरुले मेरो मन टुटाई दिन्छ
म बिर्सु पनि कसरी मेरो पहिलो प्रेम हो तिमी,
सम्झुँ त आँखा बाट आशुको भेल फुटाई दिन्छ...