काठमाडौं, १७ भदौ – आइतबार देशभरिका चिकित्सकहरु नयाँ मुलुकी अपराध संहितामा गरिएको व्यवस्था खारेजीको माग गर्दै अस्पतालमा आकस्मिक बाहेकका सेवाहरु अवरुद्ध पारेर सडकमा उत्रिएका छन्।
भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ। चिकित्सकहरूले यसमा असहमति जनाउँदै संशोधनको माग राख्दै आएका छन्।
मुलुकी अपराध संहिताको दफा २३०,२३१,२३२ र २४० लाई संशोधन गर्न माग गर्दै चिकित्सकहरुले नेपाल चिकित्सक संघको अगुवाइमा आइतबार राजधानीको माइतिघर मण्डला लगायत देशभर प्रदर्शन गरेका हुन्।चिकित्सकहरुको जुलुस काठमाडौंको माइतीघरबाट सुरु भएको थियो। उक्त जुलुस नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत गरेका थियो।
डा. गोविन्द केसी, डा.हरिहर वस्ती, डा.केदारनरसिंह केसी, अादिले कोणसभामा चिकित्सकको मनोवल गिराउने खालको व्यवस्था सच्याउन आग्रह गरे।
उपचारमा संलग्न डाक्टरले भुल गरेको हो वा होइन भन्ने विषयमा अध्ययन गर्न लागि छुट्टै समिति गठन गर्न चिकित्सकहरुले माग गरेका छन्।
चिकित्सकको भुल प्रहरीले नभइ मेडिकल बुझेको मान्छेले मात्र सक्ने बताउँदै डा. हरिहर वस्तीले भने, ‘चिकित्सकको लापरवाही र हेलचेक्र्याइँ हो वा होइन भन्ने अध्ययनका लागि छुट्टै विशेषज्ञसहितको टोली हुनुपर्छ।'
suvadin.com बाट