काठमाडौं, ६ भदाै – शेयर बजारकाे लगानीकर्ताकाे अात्मबल कमजाेर बन्दा साताको चौथो दिन पनि बजार घट्ने प्रवृत्तिले निरन्तरता पाएको छ। कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेर लाभांस घोषणा गर्ने सिजन शुरु हुँदै गर्दा शेयर बजार भने घटिरहेको छ।
घट्दो ट्रेण्डमा कम्पनीहरुले अघिल्लो वर्षको वित्तीय विवरण सार्वजनिक गर्ने क्रममा केही दिन बजार हरियो देखिएको भए पनि बजार पुनः घट्न थालेको छ। गत साउन २७ गते साढे दुर्इ वर्षकै न्युन विन्दुमा झरेपछि ४६ अंकले सुधार भएको शेयर बजारमा २७.९ अंकको करेक्सन भएको छ। त्यसबेला कम्पनीहरुले लाभांस घोषणा गर्ने समय हो। भोलिका दिनमा कम्पनीहरुले लाभांस घोषणा गर्ने हुँदा बजारमा सकारात्मक प्रभाव देखिनु पर्नेमा बजार भने घटिरहेको छ।
साताको पहिलो दिनदेखि घट्न थालेको शेयर बजारमा आज बुधबार पनि १.४७ अंकको गिरावटसँगै ११८२.४२ अंकमा रोकिएको छ। काराेबारकाे खुलेदेखि नै बजार घट्दै जान थालेपछि तीन घण्टा निकै सुस्त देखिएकाे बजारमा अन्तिम घण्टाकाे काराेबार रकमले केही साथ दिँदा मुस्किलले काराेबार रकम बढेकाे थियाे।
सूचकसँगै कारोबार रकममा पनि मन्दि कायमै छ। आज १५३ वटा कम्पनीहरुका ६ करोड ६३ लाख ३९० कित्ता सेयर १६ करोड ९२ लाख रुपैयाँमा खरिद बिक्री भएका छन्। यसदिन स्वावलम्बन लघुवित्त र सिभिल बैंकको एक करोड बढीको कारोबार भएको छ भने बाँकी कुनै पनि कम्पनीको एक करोडको कारोबार हुन सकेन।
नेपाल इन्भेष्मेन्ट बैंक, बैंक अफ काठमाण्डू, नेपाल लाईफ इन्स्याेरेन्स, एनएमबि, सानिमा, नबिल बैंक संस्थापक, प्रभु इन्स्योरेन्स र ग्लोबल आईएमई बैंक बुधबार शिर्ष १० कारोबार हुने कम्पनीमा समेटिएका छन्। यी सबै कम्पनीको ४५ लाखदेखि ८७ लाख बीचमा कारोबार भएको छ।
कारोबारमा आएका अधिकांश सूचक घट्दा नेप्से नकारात्मक बनेको हो। १० उप समूहमध्ये जलविद्युत, उत्पादन र वित्तको इन्डेक्स मात्र बढेको छ भने जीवन बीमा, निर्जीवन बीमा, अन्य, होटल, बैंकिङ्ग, विकास बैंक र लघुवित्तको इन्डेक्स् घटेको छ। सबै सूचक सामान्य घटबढ भएको बजारमा जीवन बीमाको उप समूह मात्र दोहोरो अंक अर्थात ५६ अंकले घटेको छ। बाँकी सबै उप समूहमा सिङ्गल डिजिट घटबढ रहे।
बैंकिङ्गमा सबैभन्दा धेरै ७ करोड ६० लाखको कारोबार हुँदा लघुवित्त दुई करोड ९१ लाख तथा निर्जीवन बीमामा एक करोड ९९ लाख र जीवन बीमा उप समूहमा एक करोड ३६ लाख बराबरको शेयर खरिदबिक्री भएको छ।
यसदिन गोर्खाज फाइनान्स, कृषि विकास बैंक र सहयोगी विकास बैंकको शेयरमूल्य तीन प्रतिशतले बढेको छ। उता वर्ल्ड मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स र एनएमबि हाइब्रिड फण्ड एल १ का इकार्इकाे मूल्य तीन प्रतिशत बढीले घटेकाे छ।