समयको कुनै कालखण्डमा अभिभावकहरुको गुनासो हुने गथ्र्यो खेलकुदमा लागेर छोर–छोरी बिग्रिने भए। तर अहिले विद्यालयमा आफ्ना नानी–बाबु भर्ना गर्नु भन्दा पहिले अभिभावकले खेलकुदको अवस्था, खेल प्रतियोगितागर्ने पर्याप्त खुल्ला ठाँउ, सहभागिता आदिको उपलब्धीलाई हेर्ने गर्छन। खेल खेल्दा पढाई बिग्रिन्छ कि भन्ने डर अब खेलकुद नहुदाँ छोरा÷छोरी पो बिग्रिने हो कि भन्ने सोचमा परिवर्तन आएको छ। खेलकुद क्रियाकलाप गर्न नसक्ने विद्यालयहरुमा परीक्षा परीणाम को अवस्थाले गर्दा समेत विद्यालयको शैक्षिाक गुणस्तर साथै सामाजिक हैसियत समेत मापन गर्ने स्थितिको श्रृजना हुन थालेको डेसिबुले को कुरा ले स्पष्ट संकेत गरेको छ, भने खेलकुदले यो वा त्यो पक्षबाट विद्यार्थी को वृद्धि र विकास लाई टेवा पुरयाई रहेको छ। विद्याको मन्दिरका रुपमा चिनिदैं आएका विद्यालयहरुले नयाँ पहिचान पाउन थालेका छन्। विभिन्न प्रयोगत्मक अभ्यास बाट शिक्षामा समेत सफल्ता हुने कुरा प्रमाणित हुदैं आएको छ भने बाल–बालिकाहरुको मानसिक विकास, पढाईहरुमा रुची, सामाजिक नेतृत्व लिने समताको वृद्धि आदिको सम्बन्ध शारीरिक स्वस्थय अनि शरीरको स्फुर्ति आदिको प्रत्यक्ष सम्बन्ध मानसिक शक्ति संग रहेको छ। पछिल्लो समयमा विद्यालयहरुमा खेलकुद गतिविधि उल्लेख्य मात्रामा बढाएका छन्। कतिपय विद्यालयहरुले क्रिकेट, बास्केटबल, फुटबल जस्ता लोकप्रिय खेलको आफ्नो व्यवसायिक टोली तयार गर्ने गरेका छन्। त्यसैले पनि अहिले अभिभावकहरुले के कुरा बुझेका छन् भने खेलकुदलाई विद्यालय क्रियाकलाप को एउटा अंग बनाए र क्रियाकलापमा संलग्न हुने विद्यार्थी पढ्ने, बाल–बालिकाहरुको जिवन सफलता समेत प्रप्त गर्न सक्छन्। उनिहरुले नै विविध किसिमका समस्याहरुको सामना तथा समाधानका उपायको खेजि गर्न सक्छन्। यसरी अहिलेको समयले के कुरा प्रमाणित गरेको छ भने बाल–बालिकाहरुको सन्तुलित विकास का लागी खेलकुद अपरिहार्य छ।
हाल राजधानी बाहेक देशका अन्य स्थानहरुमा पनि खेलकुद प्रति आकर्षण बढ्न थालेका छन्। विद्यालयस्तरका प्रतियोगीताहरुमा पाएको सफल्ता पनि पछिल्लो समय विद्यार्थीहरुको आकर्षणको कुरा बन्न थालेको छ। आफुलाई मन पर्ने खेलकुदहुने विद्यालयनै रोज्न थालेका छन् विद्यार्थी र अभिभावकहरु।विद्यालयहरु यसतर्फ विशेष ध्यान दिन बाध्य भएका छन्।अहिले देशका निजी विद्यालयहरुमा बास्केटबल कोर्ट, टेबलटेनिस कोर्ट, स्विमिड्ड पुल जस्ता खेल मैदानहरु सामान्य भैसकेका छन्। यसैगरी राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाएका विद्यालय तथा विद्यार्थीहरुलाई विशेष जोड वा प्रथमिकतामा राखिने गरिन्छ। राष्ट्रिय स्तरका खेलाडी राख्दा अन्य विद्यार्थी आकर्शित हुने रणनिती पनि अपनाउन लगेका छन्। प्रतिस्पर्धाले खेलकुद विकास र स्तर विकामा ठूलो भूमिका खेलेका छ जसले गर्दा खेलाडीलाई प्रशिक्षका रुपमा समेत नियुक्ति गर्ने र विद्यार्थी आकर्षण गर्ने गरेका छन्। नेपालका चर्चित स्ट्राकर हरि खड्का जेभियर इन्टरनेशनलका कोच छन्। त्यस्तै सन्दिप लामिछानेलाई आफ्नो कलेको ब्रन्ड एम्बास्डर समेत बनाएर विद्यार्थीको क्रेज बढाएको छ जेभियर इन्टरनेशनलले, यसैगरी विनोद दास समेत यहाँको कोच रहेका छन्। यस्तै नेक्शस एकाडेमीमा क्रिकेटको विशेष कक्षाको व्यवस्था रहेको छ। नाम चलेका कोच भए विद्यालयमा विद्यर्थीहरुको पनि रुचि भएको पाईएको छ। धुम्बारहीका रोशन पराजुलिले हरि खड्काको नाम सुनेर त्यहाँ पढ्न आएको बताएका छन्। उनी भन्छन् म सानै देखि हरि खड्काको फ्यान उहाँसँग सिक्न पाँउछु भनेर म यहाँ आएको बताएका छन् । यी युवा त प्रतिनिधि पात्र मात्र हुन् यी जस्तै कयौं युवाहरु आफ्नो आइकनलाई पछ्याउदैं आफ्नो रोजाइको विद्यालय वा कलेज धाउने गरेका छन्।
विद्यालय खेलकुद गतिविधी बढ्दा सबै पक्षलाई टेवा पुगेको छ बताँउछन् प्याब्सनका अध्यक्ष टिकाराम पुरीे’। उनले भने देशले खेलकुदको विकासमा विद्यालय खेलकुदको ठूलो योगदान हुन्छ। हामीले तालिम तथा प्रशिक्षण दिई तयार पारेका कयौं खेलाडी अहिले अखिल नेपाल फुटबल संघ, क्रिकेट एसोसिएसन नेपाल, जस्ता राष्ट्रिय संस्थानबाट लागि परिरहेका छन् । धेरै खेलहरु मध्ये नेपाली विद्यार्थीहरुमा बास्केटबलको क्रेज धेरै रहेको पाइन्छ सानो ठाँउमा र थोरै लागानीमा पनि तयार हुने यस खेल माध्यमिकदेखि कलेज स्तर सम्म प्रय जता पनि यस खेल खेल्न र देख्न पाइन्छ। कुनै घण्टि लिजर भयोकि बास्केटबाल खेल्न बास्केटबल कोर्ट प्राय भरिभराउनै हुन्छ। यसैले गर्दा पनि होला कयौं शैक्षिक संस्थाहरुले यस खेलमा रामैै्र प्रगति गरेको पाइन्छ । देशमा खेलकुदलाई प्रथमिकतामा राखेर कायौं टुर्नामेन्टहरु हुदैं आएका छन्। इन्साइट भिजन थ्री बाई थ्री बास्केटबल प्रतियोगिता, लुम्बिनी थ्री बाई थ्री बास्केटबल प्रतियोगिता, ओप्स अन्तरविद्यालय फुटसल प्रतियोगिता, हेराल्ड थ्री बाई थ्री बास्केटबल प्रतियोगिता, फिजम कप अन्तरविद्यालय फुटबल प्रतियोगिता, लोयल्टी कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा, लालीगुराुस अन्तरविद्यालय राष्ट्रिय बास्केटबल प्रतियोगिता, बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता, एनइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता, ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल तथा फुटबल प्रतियोगिता, केभीकेएसएस अन्तरविद्यालय बास्केटबल, प्याब्सन मध्य क्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगिता, ओडीसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता, ईबिए कप अन्तरविद्यालय बास्केटबल, पिस प्वाइन्ट कप अन्तरविद्यालय फुटबल प्रतियोगिता, अन्नपूर्ण कप मैत्रीपूर्ण बुद्धिचाल प्रतियोगिता, सिसु मिलन कप, सेफ भलिबल, एल ए कप, प्राइम कप आदि जस्ता विभिन्न किसिमका खेलहरु हुदै आईरहेको सर्वविधितै छन् । यस्ता खेलहरुले देशको लागि पदक दिलाउन खेलाडीका निम्ति प्रयास र अभ्यासको माध्यमहरु भएको छ। विद्यालयमा मात्र हैन आजकाल अन्तराष्ट्रिय कपहरु पनि राष्ट्रिय रुपमै आयोजना हुने र विभिन्न खेल प्रतियोगितामा ठृलो धन राशी खर्च हुने गरेको छ। राज्यले यसको महत्वहरुलाई बुझेको हुनाले पनि खेलहरुमा अबौंको लगानी गर्छ भन्ने कुरा नेपालगन्जमा भैरहेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताले पनि स्पष्ट पारेकै छ। यसमा आगमी खेलाडी बनेर पदक र सफलता प्राप्त गर्ने खेलाडीहरु कुनै समय विद्यालय स्तरका प्रतियोगितामा सफलता प्रप्त गरेका विद्यार्थिहरुनै अधिकांश रहेने गरेका छन्। एउटा राम्रो खेलाडि वा विद्यार्थी अर्को विधामा पनि उत्कृष्ट नै रहेको छ र धेरै स्थितिमा उसका परिवार जिवन सन्तुलित तथा सफलनै हुन्छ ।यी र यस्तै धेरै कारणहरुले गर्दा पनि विद्यालयहरुले आ–आफ्नो क्षमता अनुसार विद्यालयहरुमा खेलकुद प्रतियोगिताहरु नियमित रुपमा आयोजना गरेका छन्। स्थिति यस्तो हुने गरेको छ कि विद्यार्थीहरु पनि त्यस्ता विद्यालयहरुमा धेरै हुने गरेका छन्। विभिन्न स्तरका खेल प्रतियोगिता आयोजना गर्ने आफ्नै खेल मैदान भएका विद्यालयहरुमा विद्यार्थी संख्या क्षमता अनुसार उल्लेख्य रहने गरेका छन्। तर खेलकुदको महत्वलाई खासै चासो नदिने विद्यालयहरुमा भने विद्यार्थिहरुको रुचि थोरै हुनाले यो र यस्तै तथ्यहरुको उजागर गर्दछन्। कुनै एउटा खेलमा उत्कृष्ट रहेको विद्यालयको परिचय त्यसै गरी फैलिएका सन्र्दभ समेत खेलकुदले विद्यार्थी र विद्यालयलाई लिएको फराकिलो मार्गले समेत भविष्यलाई उज्ज्वल पारेको हामी सबैले देखेकै हौं। विश्वभर लोकप्रिय बास्केटबल ,फुटबल, क्रिकेट, स्विमिड्ड जस्ता खेलहरु बाहेक शिक्षण संस्थाहरुमा चेस, ब्यडमिनटन, ह्यान्डबल, एथलेटिक्सहरु जस्ता खेलहरुपनि उत्तिकै लोकप्रिय छन्। यस्ता खेलहरु पनि विभिन्न स्तरमा प्रतिस्पर्धा भई रहेका हुन्छन् जसले विद्यार्थीहरुलाई धेरै कुराको ज्ञान दिन्छ। खेलकुद र शिक्षा अहिले एकआपसमा परिपुरक भएको कुरा प्रमाणित भएको छ भने यी एक अर्कामा नङ र मासुको सम्बन्ध हुनुका साथै एउटाले अर्कोमा दुवै लाई पुर्णता तर्फ लैजान्छ। साघुरो हुदैं गएका बस्ने स्थान, सानो क्षेत्रमा खुम्चिएको दैनिक जिवनीको ठूलो खाडललाई पुर्नका लागि समेत विद्यालयहरुमा फराकिला खेल मैदान हुन आवश्यक छ। बाल–बालिकाहरुलाई साँगुरो कोठाबाट बाहिर ल्याउन अपरिहार्य हुन, सामाजिकीकरण गर्न, शारीरिक तथा मानसिक कामजोरीबाट बचाउन उनिहरुमा रहेका अन्तरनिहित क्ष्क्षमताको विकास गर्नको लागि खेलकुद अनिवार्य र महत्वपुर्ण माध्यम हो। भन्ने तथ्यलाई समाज र राष्ट्रले सकारत्मक लिदै आएको छ।