डिएन घिसिङ, काठमाडाैं, ४ असोज — भनिन्छ,रोदन जन्मजात कमजोरी हैन,जुन बेला मुखबाट निस्कने शब्द समाप्त हुन्छ,त्यसबखत रोदन भाब सबेगको सर्बोत्कस्ट अभिव्यक्ति बनेर बाहिर निस्कन्छ ।
भाब र बिहोलका बिच केही महिनाअगि रुसमा सम्पन्न भएको बिस्वकप फुटबल प्रतियोगितामा देखिएका खेलाडीको निस्पन्न मनोभाव त्यतिखेर सर्बत्र चर्चाको बिषय बनेको थियो । कोही उफ्रिन थाले, कोही अँगालो हाल्न थाले तर एक खेलाडी जसको भूमिका विश्वकप जित्नुमा सबैभन्दा बलियो थियो त्यो खेलाडीले भने आँसु थाम्न सकेनन् उनी थिए एन्टोनी ग्रिजम्यान ।
उनका आँखाबाट खुशीका आँसु झरे । एकछिन टोलाइरहे । विश्वकप सपना विपनामा परिणत भएको महसुस गरे अनि मात्रै उनी उत्साहमा सहभागी भए ।
फ्रान्सले फिफा बिस्वकप २०१८ प्रतियोगिता सुरु गर्नुपूर्वदेखि नै दाबेदारको छवि राख्नुमा ग्रिजम्यानको उपस्थिति मुख्य थियो । आँसुबाट हाँसो र फेरि खुशीको आँसु हुँदै उत्सवमा परिणत भएको थियो।आखिर अन्य पेशा वा क्षेत्रका ब्यक्तिभन्दा खेलकुदका हस्तिका आखामा बढी देखिन्छ भन्ने बिषयमा जोर्नल अफ रिसर्च इन पर्सनालिटिमा प्रकाशित शोधपत्रले प्रस्ट पारेको छ ।
शोधकर्ता लाउरेन बिल्टमाको नेतृत्वमा गरिएको प्रकाशितपत्रमा उल्लेखित आधारलाई मानेर भन्ने हो भने भाबनात्मक उछाल आएका बेला रुने हो र यसले मनोदशा माथी सकारात्मक असर पार्छ।खेलकुदमा शारीरिक रूपमा पुर्ण सक्रिय (हाइली एक्टिभ) रहेको हुन्छ जसले गर्दा सार्बजनिक सरोकारमा सजग बनाउछ ।
उल्लेखित सोधपत्रका अनुसार सकारात्मक भाबप्रधान र नकारात्मक भाबप्रधान बिचको समजोड खेलाडीहरुमा तुरुन्तै देखा पर्छ र त्यसमा सबेग हुन्छ । स्वदेशमा आयोजना भएको सन १९९९ को ८औ साग गेम्समा फुटबल तर्फको भारत विरुद्धको फाइनल खेलमा पराजित हुँदाको पीडा फुटबलर बसन्त गौचन भाबबिहल भएका थिए।
उनले निर्दारित समय सकेर पनि मैदान केहि समय छाडेन्न । दशरथ रगङसालामा दर्शकको अपार माया र खेलाडीको उत्कृष्ट प्रदर्शन हुँदाहुदै पनि नतिजा दिन नसक्दा उनि दुखित भएको सोही बेला सञ्चार माध्यममा बताएका थिए। बक्सिङ ,जुडो र अन्य अन्तर्राष्ट्रिय खेलहरुमा समेत खेलाडीहरुले मैदानमा स्पष्ट भाब देखाउछ्न ।
निकै आक्रमक स्वाभावका बक्सिङ खेलाडी माइक टाइसनले समेत बेला बखत भाबनाको छाल रिङ्गमा बगाउथे।भारतकी सुप्रशिद्द बक्सिङ खेलाडी मेरि कमले पनि आफ्नो पिडालाई आशुमा बगाउथ्ये। उनको ख्याति र पीडालाई समेटेर चलचित्र समेत बनेको छ। मेरिकमको भुमिकामा बलिउड चर्चित नायिका प्रीयन्का चोप्राले अभिनय दिइएकी छिन ।
बृहत ओलम्पिकमा देखिने फरक खालको दुर्लभ दृश्य परिघट्नाको कारण पछाडीको प्रतिक्रिया नै भन्न सकिन्छ ।सन २०१६को गृस्मकालिन रियो ओलम्पिकको पदक बितरन समारोहमा ५२केजि समुहका कोशोभोकी जुडो खेलाडी माजलिन्दा केलमेन्दीले आफ्नो भाब देखाईकी थिइन।सुशोभनको गौरबमय क्षणमा जब कोशोभोको रास्ट्रगान गुन्जायनमान थियो तब स्वर्ण पदक बिजेता केलमेन्दी भाबुक हुँदै आँसु हरपल बगाउदै थिए ।
स्तब्द बिश्वले उनको चेहेरामा निहाल्दै थिए। बर्षौको गृहयुद्धले आक्रन्त कोसोभोको पहिलो एतिहासिक स्वर्ण पदक थियो। सन्चार माध्यमको भिडमा उनले भनेकि थिइन " मेरो सानो देश युद्धका ढोपहरुले सधै मलाई त्रास बनाई राखेको छ,मैले मेरो देशलाई साबित गरे कि युद्ध पछि पनि, हामी युद्ध देखि जितेका छौ।
"उनी भावुक मुद्रामा भन्दै थिए "जब म हजुर आमासग साना छदा लुट्पुटिएर बस्थे ,छेमिकी घरहरूमा बम र बारुद बिस्पोट हुन्थे सायदै कल्पना गर्न सक्दिन ।" उनको कोच डृटन कुकाले भने , यो उनको जीवनको "सबैभन्दा सुन्दर दिन हो यो जितको सारा इतिहास छ ,"। खेलाडीको मनोबैज्ञानिकले फरक पार्ने धारण मनोबिश्लेशक बासु आचार्य राख्नु हुन्छ ।
उनी भन्छ्न हुन्छ " सङ्गर्श अनि नतिजाको तीब्र इच्छा ,परिवार समाजको सारा कुरा प्रस्फुटन हुनु खेलमैदान वा बाहिर खेलाडी देखिने यस्ता खाले अन्तसभित्रको पीडा तथा पराभब रुवाईद्वारा बाहिर निस्कनु मानविय भाबनाको प्रवृत्ति नै हो।" अगाडि भन्छन् "खेलमा जित कल्पना गर्ने ब्यक्ति भाबुक हुन्छन् ।" आँसु मात्रै झार्न हैन ,सपना देख्न सिक्नुहोस भन्ने म्याडम वाल्ट डिज्निको अर्थपूर्ण बुझाइले स्वप्नको सहचर बनाइन ,यसैलाई समेटेर रोदनशैली शिर्षकको ग्रन्थमा लेखेकले लेखे "हामी यदि रुन चाह्न्छौ भने अर्थ पुर्ण रोदनको अभ्यासी बनौ ।
रोदन पछि पलायन बादी हैन पुन:प्रत्यासी बन्न सकौ।" मनोभाबसगै उत्पन्न सबेगले आफुसगै शरीर भित्र मनोजैबिक प्रतिक्रिया पनि लिएर आउँछ।सबेगात्मक मनोभावका कारण भित्री जगतमा घटित हुने प्रतिक्रिया एक किसिमको बाहिरी अभिव्यक्ति नै रोदन हो।